अछाम । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिण्डर विष्फोट भएर आगलागी भएको स्थानीयले जानकारी दिएका छन्। भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र समेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ। आगलागीका कारण बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

Share.

Comments are closed.

Exit mobile version