काठमाडौं, १७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएकोछ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिए पछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।
उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ ।
सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनवाट पक्राउ गरेको हो । उनी तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि रिहा भएका थिए ।
