इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।

दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।

जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।

जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।

पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।

‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहिवार राति  थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।

उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दावी पनि गरिएको छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version