काठमाडौं, २७ बैशाख । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट सुरू हुदैँछ ।ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ ।
युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालय, शनिबार हुनेछ भने यसको समापन बैशाख ३० मा मुस्ताङमा गरिनेछ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।