काठमाडौँ । काठमाडौँको बनस्थलीबाट माइक्रो बस चोरी गरेर धादिङ पुर्याएका सुदिप थापा पक्राउ परेका छन् ।
प्रहरीले बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माईक्रो बस १९ बर्षिय सुदिप थापाले चोरी गरी चलाएर धादिङ जिल्ला पुर्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिइ चोरी सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


