धादिङ। धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ ठाँटीभञ्ज्याङस्थित सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । अधिकारीका परिवारजनले विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष घोषणा गरेको हो । सिद्धलेक गाउँपालिका वडा नं.२ नलाङ निवासी चूडामणि अधिकारीको २०८१ जेठ १३ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

चूडामणिको वार्षिक पुण्यतिथिका अवसरमा अधिकारीकी धर्मपत्नी आत्माकुमारी अधिकारी, छोराछोरीहरु गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदीप अधिकारीले अक्षर प्रारम्भ गरी विद्यालय तहसम्मको अध्ययन पूरा गरेको विद्यालय सिद्धेश्वर माविमा अक्षयकोष घोषणा गरिएको हो ।

शुक्रबार वार्षिक पुण्यतिथिको संस्कार कार्यमा वडा न २ का वडाध्यक्ष शम्भु गुरुङको रोहवरमा अक्षयकोष रकमको चेक हस्तान्तरण गरिएको छ ।  कार्यक्रममा वडाध्यक्ष शम्भु गुरुङ, सिद्धलेक गापाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, साविक मैदी गाविसका पूर्वअध्यक्ष रामप्रसाद अधिकारी, सिद्धेश्वर माविका प्रधानाध्यापक हरिबहादुर सिलवाल, पूर्वशिक्षक एवं समाजसेवी टंकनाथ शर्माले शैक्षिक संस्थामा स्थापना गरिने अक्षयकोषबारे चर्चा गरेका थिए । कार्यक्रमा सिद्धेश्वर माविका शिक्षकहरु, मिन्दुका माविका शिक्षकहरू, नेकपा एमाले सिद्धलेकका अध्यक्ष रामहरि बराकोटी, सचिव चेतनाथ सिलवाल, उपसचिव राजु उपाध्याय र लक्ष्मी बराम, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बेनी पाठक, जिल्ला कमिटी सदस्य ईश्वरी अर्याललगायत सहभागी थिए ।

अधिकारी परिवारजनले यसअघि धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङस्थित भीमोदय माविमा पनि ‘पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष’ स्थापना गरेका थिए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version