धादिङ,३ जेठ २०८२ । पार्टी भित्रको आन्तरिक विवादको कारण नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समिति नयाँ नेत्तृत्व चयन प्रक्रिया रोकिन पुगेको छ ।
केही दिन अघि पार्टीको वागमती प्रदेश कमिटिले धादिङ जिल्ला समिति विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्र धादिङले जिल्ला कमिटीको सचिव चयन गर्ने उद्देश्यले बैशाख ३१ गते जिल्लाको प्रथम विस्तारित भेला आयोजना गरेको थियो ।
पार्टी भित्रको गुटवन्दीका कारण निर्णयमा पु्ग्न नसकेको भेलामा सहभागी माओवादी केन्द धादिङका एक जिल्ला नेताले वताए ।
पछिल्लो समय माओवादी धादिङका नेताहरुको बिचमा आन्तरिक द्धन्द्ध निकै मजवुत वन्दै गएको छ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री एवम पार्टीका केन्द्रिय सदस्य शालिकराम जमकट्टेल र अर्का केन्द्रिय सदस्य रामवहादुर भण्डारी एकातिर र पुष्पबिक्रम मल्ल, धनबहादुर बुर्लाकोटी (विजय) लगयतका नेता अर्को कित्तामा देखिएका छन् ।
जमकट्टेल र भण्डारी पार्टीको जिल्ला समन्वय समितिको अध्यक्षमा मनराज भण्डारी शैलेशको नेत्तृत्वलाई निरन्तरता दिनु पर्ने पक्षमा छन भने मल्ल र बुर्लाकोटी मनराजको विकल्प खोज्नु पर्ने पक्षमा देखिएपछि जिल्ला नेत्तृत्व चयन रोकिन पुगेको हो ।
शालिकराम र रामबहादुर फेरि मनराजलाई नै संयोजक बनाएर पुरानै समितिलाई निरन्तरता दिने पक्षमा र बागमती इन्चार्ज हितबहादुर तामाङ, जिल्ला इन्चार्ज पुष्पविक्रम लगायतका नेता नयाँ समिति बनायर जानुपर्ने पक्षमा देखिएपछि दुई पक्ष बिच सहमती जुट्न नसकेको माओवादी केन्द्र धादिङका एक जिल्ला सदस्यले वताए ।
पार्टीको जिल्ला संयोजक प्रदेश कमिटीको निर्णयबाट तोकिने र सचिव जिल्ला भेलाले चयन गर्ने व्यवस्था रहेको पनि जमकट्टेलले फेसबुकमा लेख्नुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।