हेटौडा २०८२ जेठ ८ बिहीबार। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रदेशसभाको बैठकमा पेस हुने भएको छ ।

सभामुख भुवनकुमार पाठकले बिहीबारको बैठक अन्त्य गर्ने क्रममा प्रदेशसभाको अर्को बैठक आगामी जेठ १४ मा बस्ने र उक्त दिन १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेस गर्ने जानकारी दिएका छन् ।

 

Share.

Comments are closed.

Exit mobile version