काठमाडौँ- देशका ६७ जिल्लाबाट संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका नौविसे -नागढुंगा सडक खण्ड जेठ १० गते शनिवार देखि सडक हरेक दिन दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य शुरु गरिएको छ ।

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिवारदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको हो ।

धादिङका   प्रमुख जिल्ला अधिकारी सुमन कुमार घिमिरका अनुसार सडक आयोजनाको अनुरोधमा  धादिङ र काठमाडौँ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको हो ।

आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­ त्रिशूली­गल्छी सडक प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गरेको छ।

 

 

 

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version