हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ ।

त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा-३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ ।

बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न ।

दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version