काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकाका निक पोथासलाई स्कटल्याण्ड टुरका लागि कन्सल्टेन्ट कोच नियुक्त गरेको छ ।

५१ बर्षिय पोथास दक्षिण अफ्रिकाका पुर्व विकेटकिपर ब्याट्सम्यान हुन् । उनले यसअघि श्रीलंका र बंगलादेशको कोचिंग टिममा रहेर काम गरेका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टिम हाल इङल्याण्डमा अभ्यास खेल खेलिरहेको छ ।

नेपालले आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा सिरिज खेल्ने तालिका रहेको छ ।नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।

Share.

Comments are closed.

Exit mobile version