काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताउदै काम खोज्ने युवा होइन, काम दिने युवालाई प्रोत्साहन गर्ने र त्यस्ता युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशतमा ब्याज उपलब्ध गराउने बताएका छन् ।

Share.

Comments are closed.

Exit mobile version