काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले शिक्षालाई प्रविधिमैत्री र आधुनिक बनाउन एक सय विद्यालयमा ‘उत्थान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले बजेट सर्बाजनिक गर्दै भने- ‘प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित उत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।’यी विद्यालयले अन्य विद्यालयको शैक्षिक नतिजा सुधारमा सहयोग गर्ने व्यवस्था मिलाइने र प्रत्येक विद्यालयलाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरिने अर्थमन्त्री पौडेलले बताए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version