काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् ।अर्थमन्त्री पौडेलले कर्मचारीको तलब नबढ्ने जानकारी दिएका छन् ।
उनले कर्मचारीको तलब बढाउन सम्भव नभएपनि महंगी भत्ता बढाएर ५ हजार पुर्याएको जानकारी दिएका हुन् ।
यसअघि कर्मचारीहरूले मासिक २ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका थिए। बढेको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुनेछ।
