काठमाडौँ । अभिनेत्री रेखा थापाको रंगमञ्चमा इन्ट्री भएको छ ।रेखाले नाटक ‘मीरा’ मार्फत रंगमञ्चमा इन्ट्री गर्न लागेकी हुन् ।

रेखाले रंगमञ्चमा आफ्नो इन्ट्री बारे जानकारी दिदै भनेकी छन्- ‘मेरो कलाकारिता जिवन मै पहीलो पटक म रंगमञ्चको स्टेज उक्लदैछु, त्यसैले पनि मीरा मेरो लागि बिशेष छ ।’नाटक मिरा फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रिधारामा हरेक दिन साँझ ५: ३० बजेदेखि शुरु हुने छ ।यो नाटकको प्रिमियर विहिबार जेठ १५ गते गरिने तय भएको भएपनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको थियो । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि शुरु हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version