काठमाडौँ । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदैछ ।२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे गोरखापत्र संस्थानमा आवद्ध भइ सम्पादन विभागका साथै व्यवस्थापन विभागको समेत जिम्मेवारीमा रहेर काम गरेका थिए ।

आख्यानकार रमेश विकलका पुत्र चालिसेले पत्रकारिता, प्रौढ आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।

Share.

Comments are closed.

Exit mobile version