काठमाडौँ । भारतको कर्नाटक प्रहरीले चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडको घटनामा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) , कार्यक्रम आयोजक कम्पनी डीएनए र कर्नाटक क्रिकेट संघविरुद्ध मुद्धा दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।कर्नाटक प्रहरीले तीनै संस्थाहरू विरुद्ध बीएनएसको धारा १०५, ११८ र १२० अन्तर्गत मुद्दा दर्ता गरेको, जस अनुसार कसैलाई जानाजानी गम्भीर चोट पुर्‍याउनु, कसैको ज्यान लिनु, अपराधिक हत्या गर्नु समावेश छ ।

बुधबार बेंगलोरको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । सबै आईपीएल ट्रफी जित्ने रोयल च्यालेन्जर्स बैंगलुरुको विजय उत्सव मनाउन आएका थिए ।यस घटनामा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याको आदेशपछि मजिस्ट्रेट अनुसन्धान पनि सुरु भएको छ।

Share.

Comments are closed.

Exit mobile version