काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संघीय संसद सचिवालयले आज प्रतिनिधिसभाको बैठक अपराहन्न १ बजे बस्ने जानकारी दिएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेका छन् ।सभामुखको पहलमा जेठ २० गतेदेखि विपक्षी दलहरुसँग पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको व्यापक छानबिन गर्न माग गरिरहेका छन् भने सत्ता पक्षले यो विषय अहिले अख्तियारले छानबिन गरिरहेकाले त्यसपछि मात्र अर्को छानबिन समिति गठन गर्ने बारे छलफल गर्न सकिने बताउदै आएका छन् ।

जेठ २० गतेदेखि बजेटमाथि छलफल हुने कार्यसूची रहेपनि संसद बैठकनै सुचारु हुन नसकेकाले बजेटमाथि छलफलको समय सकिएको छ ।

Share.

Comments are closed.

Exit mobile version