काठमाडौँ । स्कटल्याण्डले नेदरल्याण्डसलाई २६३ रनको लक्ष्य दिएको छ ।आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि फिनले म्याक्रीथले सर्बाधिक ८१ रन बनाए भने मार्क वाटले ६०, सफयान शरिफले ३६ र जर्ज मुनसीले २६ रन बनाएका थिए ।त्यसैगरी नेदरल्याण्डसका बलर कील क्लेइनले ३ विकेट लिए भने आर्यन दत्त र रोएलोफ भान डेर मेर्वेले २-२ विकेट लिएका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।