काठमाडौँ । भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाधेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।यी मध्ये धेरैजसो केसहरू केरलामा पुष्टि भएका छन् ।

केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन् ।केरलामा कोरोनाका १६७९ सक्रिय केसहरू छन् भने गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ रहेका छन् ।मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म भारतमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version