काठमाडौँ । इजरायलले हमासको आक्रमणमा बन्धक बनाइएका थाई नागरिकको शव बरामद भएको बताएको छ ।
रक्षामन्त्री इजरायल काट्जलेथाई नागरिक नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीको क्रममा बरामद गरिएको बताएका हुन् । ३५ वर्षीय पिन्टा दक्षिणी इजरायलमा कृषि मजदुरको रूपमा काम गरिरहेको समयमा हमासको अपहरणमा परेका थिए ।
यसअघि, इजरायली सेनाले यस हप्ता गाजामा दुई इजरायली अमेरिकीहरूको शव बरामद गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।