सिन्धुली । विपि राजमार्गको सिन्धुलीको खुर्कोट-काठमाडौँ सडक खण्ड रातिको समयमा बन्द गरिएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सयुक्त सुरक्षा बैठकले शुक्रबार साँझ ६: ३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि रातिमा सार्वजनिक तथा निजि यात्रुवाहक सवारी साधनको आवागमन बन्द गरिएको हो ।
हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्षातका कारण विपतको अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।