काठमाडौँ । इरानले अमेरिकी सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

कतारले इरानले अमेरिकी दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १८ वटालाई रोकिएको र एक क्षेप्यास्त्र खाली स्थानमा खसेको बताएको छ । तर यसले कुनै क्षति नपुर्‍याएको कतारले स्पष्ट गरेको छ ।

यसअघि मिडिया रिपोर्टहरूले इरानले १० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले १४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १३ वटालाई रोकिएको बताएका थिए ।

इरानले आफ्ना तीन परमाणु केन्द्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी सैन्य आधार सिविरमा आक्रमण गरेको बताएको छ ।

यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको छन् । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार कतारको कुटनीतिक प्रयासमा दुवै देश युद्धविरामका लागि सहमत भएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version