काठमाडौँ । अमेरिकाले अप्रवासी भिसामा सामाजिक संजालका खाताहरु अनिवार्यरुपमा हेर्ने भएको छ ।
काठमाडौँस्थित अमेरिकी दुताबासले तत्कालदेखि लागु हुने गरि अप्रवासी भिसाका लागि आवेदन दिने सबैले आफ्ना व्यक्तिगत सामाजिक संजालका खाताहरुको गोपनियताका सेटिंगलाई ‘पब्लिक’ गर्न आग्रह गरेको छ ।
दुताबासले एक सूचना जारी गर्दै भनेको छ- ‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो । आजैदेखि प्रभावकारी रूपमा एफ,एम वा जे श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ । यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।’
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा आवेदकका सामाजिक सञ्जाल खाता अनिवार्य रुपमा हेर्ने नियम लागु गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।