काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवार महत्त्वपूर्ण भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित वरिष्ठ अधिकृतको सम्मेलन २०८२ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए ।

हाइड्रोपावरका साथै विभिन्न उद्योगहरुमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धि उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए । नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोस बढिरहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने उनले बताए ।

साथै सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन दिए । उनले भने- ‘जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपदको जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला ।’

राजस्व चुहावटमा नियन्त्रण देखिने गरि काम गर्न गृहमन्त्री लेखकले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version