काठमाडौ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ११ बजेबस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुने कार्यसूची रहेको छ ।

Share.

Comments are closed.

Exit mobile version