काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको क्रममा विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको स्टेडियमको अवलोकन गर्ने भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा अस्नोई स्पेन भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री ओलीले रियल मड्रिड क्लबका अधिकारीहरुसँग भेटवार्ता गर्ने र क्लबको स्टेडियम साण्टियागो वर्नावाउको अवलोकन गर्ने बताएका हुन् ।
उनले भने- ‘असार १९ गते स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।