काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

प्रतियोगितामा नेपाल शुरुका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ र नेपाल समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै इन्डोनेसियाले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

समुह ए मा सिंगापुरले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ  । त्यस्तै जापान र इन्डोनेसिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् भने भुटानले खेलेका तिनै खेलमा हार बेहोरेको छ  ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत अब नेपालले जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version