काठमाडौँ । चेल्सी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगीच क्लब बेनिफिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो ।

चेल्सीको जितमा रीच जेम्स, क्रिस्टोफर एन्कुन्कु, पेड्रो नेटो र किएरनान हलले एक एक गोल गरेका थिए ।

त्यसैगरी बेनिफिकाका लागि एक गोल एन्जल डी मारियाले गरेका थिए । मारियाको गोलले खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । निर्धारित ९० मिनेटको समयमा दुवै क्लबले १-१ गोल गरेपछि थपिएको ३० मिनेटमा चेल्सीले थप ३ गोल गरेर खेल जितेको थियो ।

यस खेलमा खेलको इन्जुरी समयमा बेनिफिकाका गियानलुका प्रेसटियानीले रातो कार्ड पाएका थिए ।

त्यस्तै अर्को नकआउट चरणको खेलमा ब्राजिलियन क्लब पाल्मिरास विजयी हुदै क्वाटरफाइनलमा पुगेको छ । पाल्मिरासले अर्को ब्राजिलियन क्लब वोटाफोगोलाई १-० गोल अन्तरले जित हासिल गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

अब क्वाटरफाइनलमा चेल्सी र पाल्मिरासको सामना हुने भएको छ । यो क्वाटरफाइनल खेल जुलाई ४ मा हुने छ ।

Share.

Comments are closed.

Exit mobile version