काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले अन्तत: फुटबलमा पुनरागमन गरेका छन् । ३२ बर्षिय पोग्वाले फ्रेन्च क्लब एएस मोनाकोसँग २ बर्षको सम्झौता गर्दै फुटबलमा पुनरागमन गरेका हुन् ।
प्रतिबन्धित ड्रग्स सेवन गरेको पुष्टि भएपछि पोग्वा २०२३ को सेप्टेम्बरदेखि मैदान बाहिर रहेका थिए ।
१८ महिनाको प्रतिबन्ध खेपेपछि पोग्वाको प्रतिबन्ध गत मार्चमा हटेको थियो । उनले गत बर्षनै युभेन्टससँग सहमतिमा आफ्नो सम्झौता अन्त्य गरेका थिए र अहिले फ्री-ट्रान्सफरमा मोनाकोमा आवद्ध भएका छन् ।
पोग्वाको प्रतिबन्ध हटेपछि उनी अमेरिकन लिग, साउदी प्रो लिगमा जाने समेत चर्चा चलिरहेको थियो । तर अब उनले फ्रेन्च लिगमा खेल्ने सहमति गरेका छन् ।
मोनाकोले पोग्वासँग २०२७ को जुन ३० सम्म सम्झौता गरेको जानकारी दिएको छ । पोग्वाले मोनाकोसँग सम्झौता हस्ताक्षर गर्दा भावुक भएर रोएको भिडियो मोनाकोले सार्बजनिक गरेको छ ।
पोग्वाले मोनाकोसँग सम्झौता गरेपछि फ्रान्सका स्टार फुटबलर किलीयन एम्बाप्पेले खुसी व्यक्त गर्दै- पोग ब्याक, लेट्स गो मोनाको’ सन्देश लेखेका छन् । मोनाको एम्बाप्पेको पनि पुर्व क्लब हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।