काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंहलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक सिंहलाई आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

मुख्य प्रशिक्षक सिंहले श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू -१७ पुरुष च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको नेतृत्व गर्ने छन् ।

Share.

Comments are closed.

Exit mobile version