काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.४६ अंकले बढेर २७६०. १७ विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सुपर मादी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ भने राप्ति हाइड्रोको शेयर ५.८६ प्रतिशतले बढेको छ ।  त्यस्तै आज भगवती हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ४.६४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ५२ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version