काठमाडौँ । नेपाल बंगलादेशसँग पराजित भएको छ ।
ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा तीन गोल गरेकी थिइन् ।
यो जितसँगै बंगालदेशले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जितेको छ ।
नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ । नेपाल यस प्रतियोगितामा दुवै पटक बंगलादेशसँग पराजित भएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।