काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनको सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

सोमबार काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परियोजनाको कुल लागत ३९ करोड रहेको छ । यी परियोजनामार्फत धनुषा, पर्सा, अछाम, बारा र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ ।

जसमा धनुषाको बटेश्वर गाउँपालिका–३ मा जनशक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ भने बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण गरिने छ । त्यस्तै मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ ।

यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुने बताइएको छ ।

भारत सरकारले सन् २००३ देखि नेपालमा ५७९ वटा सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । जसमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version