बुटवल । गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाले विद्यालयमा बिदा दिएका छन् । तौलिहवास्थित कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाले साउन ११ देखि साउन १३ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएका हुन् ।

पछिल्ला दिनमा गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । दुवै पालिकाले सूचना जारी गर्दै तीन दिनसम्म विद्यालयमा बिदा दिइएको जनाएका छन्। गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको उल्लेख गरिएको छ ।

Share.

Comments are closed.

Exit mobile version