चर्चित कमेडियन कैलाश कार्कीको निर्देशनमा नयाँ कमेडी शो फन्टूस अउने भएको छ । हिल्स एण्ड होराईजन फिल्मसको ब्यानरबाट निर्माण भएको सो कार्यक्रमको बारे मंगलबार काठमाण्डौंमा एक समारोह गरि जानकारी दिईएको थियो । बजारमा दुई कमेडी शोको तिव्र प्रतिस्पर्धाका बिच अर्को एक कार्यक्रम थपिँदा यसले कमेडीको बजारलाई थप परिष्कृत र दायरालाई फराकिलो बनाउने निर्माण पक्षको भनाई छ । कार्यक्रम विशुद्ध नयाँ र फरक फम्र्याटमा बनेकोे निर्देशक कार्कीले बताएका थिए । पछिल्लो समय कमेडी दरबार र कमेडी नाइट्सको प्रतिस्पर्धा तिव्र रहेको छ ।
कार्यक्रमको प्रस्तोता अर्का कमेडीयन सन्तोष थापा छन् । लामो समयदेखि गृहकार्य गरि यो शो ल्याउन लागिएकाले यस शोबाट दर्शकले भरपूर मनोरञ्जन लिन सक्ने थापाले बताए । सो कार्यक्रममा टिमलाई बधाई तथा शुभकामना दिन निर्देशक दिपाश्री निरौला, विशाल भण्डारी , श्रद्धा प्रसाई लगायत कमेडीयन उपस्थित थिए ।

विशेषत यो शो अन्य शो भन्दा फरक धारमा बन्न लागेको निर्माण पक्षको दाबी छ । यो एक इन्प्रभ कमेडी शो हो जसमा प्रतिस्पर्धीहरुले आकस्मिकरुपमा दिइएको विषयबाट दर्शक हसाउनुपर्ने छ । यस कार्यक्रममा रजनिश अर्याल,आस्था तिमिल्सिना,सतिस कार्की,श्रेया सुवेदी,जय खतिवडा,आशिष न्यौपाने लगायतको प्रस्तुति रहनेछ । र अन्त्यका एक विजेतालाई नगद सहित पुरस्कृत गरिने छ ।
बिहिबार सोको प्रोमो रिलिज गरिएको छ । केही दिनमा प्रसारण मिति घोषणा गरिने छ । कार्यक्रमको प्रसारण ओ एस आर रियालिटि बाट हुनेछ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version