काठमाडौँ । एआईको क्रेज देखेर मेटाका सीईओ मार्क जुकरबर्ग केही समयदेखि यसमा लगानी गरिरहेका छन् । जुकरबर्गले आफ्नो नयाँ एआई डिपार्टमेन्ट सुपरइन्टेलिजेन्स ल्याबको लागि धेरै अनुभवी र विज्ञहरूलाई नियुक्त गरेका छन् । उनले अमेरिकी एआई स्टार्टअप थिङ्किङ मेसिन ल्याबकी फाउन्डर  मीरा मुरतीलाई १ अर्ब डलरको प्रस्ताव गरेका थिए, तर उनले त्यो प्रस्ताव अस्वीकार गरेको विषय अहिले विश्वव्यापी रुपमा चर्चामा रहेको छ ।

मीरा मुरतीले आफुले शुरु गरिरहेको स्टार्टअप छोड्न नचाहेको बताउदै जुकरबर्गको अफर अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मीरा मुरती यसअघि ओपनएआईकी प्रमुख प्रविधि अधिकृत (सीटीओ) पनि रहेकी छिन् । च्याटजिपिटीको शुरु गर्न मीराको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

मीरा मुरती ओपनएआईकी पूर्व सीटीओ हुन् । ३६ वर्षीया मीराले लगभग १० वर्षदेखि प्रविधि बजारमा काम गरिरहेकी छिन् । लगभग एक वर्ष अघि, मीराले थिङ्किङ मेसिन ल्याब नामक आफ्नै स्टार्टअप सुरु गरेकी थिइन् । यसअघि, मीरा अल्बेनियन इन्जिनियर र डाल-ई जस्ता कम्पनीहरूमा टोली नेतृत्व गरिसकेकी छिन् । मीराले टेस्ला मोटर्समा मोडेल एक्स सवारी साधन उत्पादनहरू डिजाइन, विकास र सुरुवात गरेकी थिइन् ।

ओपनएआईका सीईओ साम अल्टम्यानको नेतृत्व गुणस्तरमाथि प्रश्न उठाएपछि मीरा मुरती पनि चर्चामा आइन् । नोभेम्बर २०२३ मा, साम अल्टम्यानलाई कम्पनीबाट हटाइयो । यसपछि, मीरा कम्पनीको अन्तरिम सीईओ बनिन् । तर केही समय पछि अल्टम्यान फर्किए र मीरा मुरतीले सेप्टेम्बर २०२४ मा ओपनएआई छोडिन । उनले थिंकिङ मेशिन्स ल्याब नामक आफ्नै स्टार्टअप शुरु गरिन् । मुरतिले हालै थिंकिङ मेशिन्स ल्याबका लागि १२ अर्ब डलरको कम्पनीको भ्यालुएसनमा २ अर्ब डलरको लगानी समेत भित्र्याएको थियो। मिराले गत फेब्रुअरीमा मात्र यो कम्पनिको शुरुवात गरेकी थिइन् ।

टाइम पत्रिकाले २०२४ मा मीरा मुरतीलाई एआईको क्षेत्रका १०० प्रभावशाली व्यक्तिहरूमा समावेश गरेको थियो । २०२३ को सुरुमा, फर्च्यूनले मीरालाई १०० सबैभन्दा शक्तिशाली महिला व्यवसायीहरूको सूचीमा समावेश गरेको थियो । मीरा मुरतीले डार्टमाउथ कलेजबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेकी छिन् । उनले कोल्बी कलेजबाट गणितमा स्नातक पनि गरेकी छिन् ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version