इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।
सोमबार पछिल्लो अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।
यसअघि आइतबार कोशी ब्यारेजमा एक लाख ९१ हजार ९० क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव पुगेर घटेको थियो तर सोमबार बिहानदेखि फेरी बढेको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।