काठमाडौं, १० भदौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्बिराेध निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य ब्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी उनी बिरूद्द अरू कसैले उम्मेदवारी दर्ता नगरे पछि निर्बिराेध निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा साेही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा तथा समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए। समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।

Share.

Comments are closed.

Exit mobile version