काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज दिउसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८0 माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version