काठमाडौँ । भारतको महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
भारतीय मिडियाहरुका अनुसार गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बताएका छन् । करिब ५० फ्ल्याट भएको यो चार तल्ले अवैध भवन मंगलबार र बुधबार राति करिब १२:०५ बजे ढलेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ भने अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।