धनगढी । अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षीया छोरी कविताको छाउगोठमा सुतेका बेला ढुंगाले किचेर मृत्यु भएको हो ।

घाइते भएकी कविताकी आमालाई उपचारका निम्ति स्थानीय स्वास्थ्यचौकीमा पठाइएको प्रहरीले  जानकारी दिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version