काठमाडौं । ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-१ ठेगाना भएका ३५ वर्षीय प्रकाश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
आफुसँग बहुमुल्य चम्किने ढुंगा रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको घटनामा जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट बिदुर नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।
