धादिङ, भाद्र २२ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा गजुरी गाउँपालिकाको तालिमहलमा सहकारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।

सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र वाग्मती प्रदेशबाट जारी निर्देशन सम्बन्धमा धुनिवेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका सहकारीकर्मीलाई लक्षित गरी अन्तरक्रिया गरिएको हो।

कार्यक्रम संघकी कार्यबाहक अध्यक्ष सीता दुवाडीको सभापतित्वमा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रंगनाथ थपलियाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा संघका प्रमुख व्यवस्थापक कविन्द्र धौबन्जारले निर्देशनसँग सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो भने संघका कोषाध्यक्ष अर्जुन आचार्यको सक्रियतामा छलफल गरिएको थियो। अन्त्यमा सहभागीहरूले कानुनको परिधिभित्र रही संस्थागत गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

सोही अवसरमा संघले गजुरी गाउँपालिकाभित्र सहकारीको विकास–प्रवर्द्धनका लागि तयार पारेको योजना र बजेट व्यवस्थापनका लागि अनुरोध पत्र अध्यक्ष गणेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेको थियो।

कार्यक्रम संघका सञ्चालक सदस्य राजकुमार श्रेष्ठको सञ्चालनमा भएको हो। २० वटा संस्थाबाट ४८ जना भन्दा बढी सहकारीकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ।

 

Share.

Comments are closed.

Exit mobile version