काठमाडौँ । महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्लै नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् ।

उनले आज भएको जेनजी आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ, ऊनीहरुको वर्तमानसमेत खोसिरहेका छौ । म बिदेश यात्रा गर्दैछू । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन् । आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version