काठमाडौँ । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बानेश्वरमा जेन-जीको प्रदर्शनका क्रममा भएको घटनालाई ‘हत्या’ को संज्ञा दिएकी छिन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्,“आजको बानेश्वर काण्ड कुनै भवितव्य होइन, यो हत्या हो। निहत्था बालबालिकाहरूको हत्या।” उनले चेतावनी दिँदै लेखेकी छिन्,  “यो हत्याको बदला समयले तिमीहरूलाई अवश्य लिने छ।”

तिम्सिनाले घटनामा मारिएका युवाहरूलाई स्मरण गर्दै भनिन्, “१८ नकटेका, कलेजबाट आफ्नो पुस्ताको आन्दोलनमा सहभागी हुन हिँडेका, कलेज ड्रेसका केटाकेटीलाई गोलीले भुट्ने अधिकार यो देशको शासकलाई थिएन।”

उनले प्रश्न उठाउँदै भनिन्,

“संसद् भवन जलेको भए मूल्य ५ अर्ब हुन्थ्यो होला। आज १६/१६ जना युवायुवतीको जिन्दगीको मूल्य कति हो ? कति मुल्यको कस्तो फुली लगाएको? कति बलियो सत्तासीनले तिर्न सक्छ?”

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version