काठमाडौँ । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट प्रहरीले ठूलो परिमाणमा पटका, आतिसवाजी र नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले भारत चुरू राजस्थान घर भई हाल ताहाचल बस्ने ४८ वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको हो।

उनको भाडाको गोदामबाट १ हजार २७१ प्याकेट विभिन्न प्रकारका पटका र आतिसवाजी २ लाख नेपाली रुपैयाँ र २५ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

सुनिललाई विस्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी मुद्दामा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।

 

Share.

Comments are closed.

Exit mobile version