काठमाडौँ, १२ कार्तिक ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एस को तेस्रो पूर्ण बैठकको पहिलो दिन, पार्टी एकताका लागि गठित कमिटीका संयोजक डा. बेदुराम भुसालले एकता प्रगतिबारे बैठकलाई ब्रिफिङ दिएका छन्।

भुसालका अनुसार, विभिन्न वाम र प्रगतिशील शक्ति समूहसँग पार्टी एकताको लागि गरिएको वार्ता सकारात्मक रहेको छ। वार्तामा सहभागी दलहरूमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा, डा. बाबुराम भट्टराईबाट अलग भएका महिन्द्रराय यादव र प्रेमबहादुर सिंहको समूह, साथै नेकपा समाजवाद का अध्यक्ष सुवास कार्की रहेका छन्।

एकतापछि प्रस्तावित पार्टीको नाम*“नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)” राख्ने र चुनाव चिह्न ‘तारा’ राख्ने विषयमा छलफल गरिएको छ। यद्यपि, नाम र चुनाव चिह्न अन्तिम रूप माओवादी केन्द्र र अन्य दलबीचको सहमति पछि तय हुनेछ।

भुसालले बैठकलाई जानकारी दिँदै भने कि सुवास कार्की नेतृत्वको नेकपा समाजवादी पनि एकतामा सामेल हुन तयार छ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version