काठमाडौँ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछ।

गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेतासँग भएको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो।

यसका लागि आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए।

 

Share.

Comments are closed.

Exit mobile version