काठमाडौँ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछ।

गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेतासँग भएको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो।

यसका लागि आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version