काठमाडौं । निर्वाचन आयोगले हालसम्म १२२ राजनीतिक दल दर्ता भएको जनाएको छ। आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो तथ्य सार्वजनिक गरेका हुन्।
उनका अनुसार हाल पनि दर्ता दलको संख्या १२२ नै रहँदै आएको छ भने २८ राजनीतिक दल दर्ता प्रक्रियामारहेका छन्।
प्रवक्ता भट्टराईका अनुसार यसबीचमा ७ राजनीतिक दल खारेज भएका छन् भने सोही संख्यामा नयाँ राजनीतिक दल दर्ता भई दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो र त्यसअनुसार तयारी अघि बढाइएको छ।
नयाँ दल दर्ताका लागि आइतबार (कात्तिक ३०)सम्म समय तोकिएको थियो। यस्तै प्रवक्ता भट्टराईले मतदाता नामावली संकलन कार्य मंसिर ५ गतेसम्म जारी रहने जानकारी समेत दिए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



